दफा ६६
परिचालक अनुमतिपत्रको लागि दरखास्त दिने
(१) दफा ६५ बमोजिमको अयोग्यता नभएको व्यक्तिले कुनै सार्वजनिक सवारीमा परिचालकको काम गर्नको लागि परिचालक अनुमतिपत्र लिन चाहेमा तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको दरखास्त साथ दरखास्तवालाले परिचालक अनुमतिपत्रको लागि तोकिएको दस्तुर, हालसालै खिचिएको आफ्नोे तीनप्रति पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकद्वारा दिइएको निरोगिताको प्रमाणपत्र समेत संलग्न गर्नु पर्छ ।